Logo

आफ्नै बुवाका साथीले गरे ११ वर्षीया छोरीलाई बलात्कार!



Spread the love

११ माघ, काठमाडौँ। वीरगञ्जमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन्।

 वीरगञ्ज–१ छपकैयामा ११ वर्षीया बालिका बलात्कृत भएकी हुन् । बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले भारतीय नागरिक नेहाल मियाँलाई पक्राउ गरेको छ ।

मियाँविरुद्ध आइतबार पर्सा जिल्ला अदालतमा जर्बजस्ती करणी मुद्दामा म्याद थप गर्ने तयारी प्रहरीले गरिरहेको छ । बालिका चिच्याएपछि उनका बुवाले थाहा पाएका थिए ।

बलात्कार गरेर फरार भएका मियाँलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले बताए। 

कोठा खोज्न आएका उनी साथीको घरमा पाहुना भएर बसेका थिए । सोही क्रममा शनिबार बिहान बालिकालाई जर्बजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्