काठमाडौँ। भारतको उत्तराखण्डमा राज्यमा १९ वर्षीया किशोरीलाई मुख्यमन्त्री बन्ने भएकी छन् ।
राष्ट्रिय बालिका दिवसका अवसरमा उनलाई मुख्यमन्त्री बनाउन लागिएको हो। राज्यको हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी सृष्टि गोस्वामी एक दिनका लागि उत्तराखण्डको मुख्यमन्त्री बन्नेछिन् ।
मुख्यमन्त्रीको पदभार ग्रहण गरेपछि गोस्वामीलाई सरकारी अधिकारीहरूले आफ्नो कामबारे रिपोर्टिङ गर्ने र त्यसमाथि सृष्टिले जवाफ दिने बताइएको छ।
यस्तो छ रहस्य
उत्तराखण्डको एक दिनको मुख्यमन्त्री बन्ने भएपछि सृष्टि गोस्वामी अहिले सामाजिक सन्जालमा भाइरल भएकी छन् । उनले सामाजिक सन्जालमै एक बयान जारी गर्दै भनेकी छन्, ‘एक दिनको मुख्यमन्त्री बन्ने अवसर पाउँदा म एकदम खुसी छु । मैले खासगरी बालिका सुरक्षासँग सम्बन्धित सुझावहरु उत्तराखण्ड सरकारलाई दिनेछु ।’
यसअघि सृष्टिलाई सन् २०१८ मा उत्तराखण्ड बाल विधानसभाको मुख्यमन्त्री चुनिएको थियो । उत्तराखण्डमा बाल विधानसभा गठनको कार्यक्रम बाल अधिकार संरक्षण आयोगले गर्दछ । जसमा प्रदेशका अलग अलग स्थानबाट छात्राहरुले सहभागीता जनाउँछन् र आफैंले विधानसभा सन्चालन गर्दछन् ।