१० माघ, काठमाडौं । युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई आफ्नै गृहजिल्ला सिन्धुपाल्चोकमा बाटो हिँडे अवरोध भएको छ ।
कार्यकर्ता भेलाको सम्बोधनका लागि भन्दै मन्त्रि गृहजिल्ला सिन्धुपाल्चोक जाँदै गरेको बेला इन्द्रावती गाउँपालिका ४ टाकुरेमा स्थानीयले बीच बाटोमै रूख ढालेर मेलम्चीबाट प्रवेश गर्नमा रोक लगाइएको छ।
सिन्धुपाल्चोकमा नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको समूहले बाटो अवरोध गरेको हुन्
नेपाल कम्युनिस्ट पार्टी नेकपा अनौपचारिक विभाजन भइसकेपछि मन्त्री तामाङ प्रधानमन्त्री केपी शर्मा ओलीको कित्तामा पुगेका छन्। उनी गृहमन्त्री रामबहादुर थापा बादल निकटका हुन्।।
प्रतिक्रिया दिनुहोस्