Logo

३० लाख किशोरीलाई आइरन चक्की खुवाउने



Spread the love
महिलालाई ९८ र पुरुषलाई १५ दिन सुत्केरी बिदा - Nari Post

१० माघ, काठमाडौं । सरकारले किशोरीहरुलाई दोस्रो चरण अन्तर्गत आइरन फोलिक एसिड चक्की खुवाउन सुरु गरेको छ ।

दोश्रो चरणको कार्यक्रम अन्तर्गत माघ महिनाबाट किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की खुवाउन सुरु गरिएको हो । सरकारले १० देखि १९ वर्ष उमेर समूहका करिब ३० लाख किशोरीलाई सो चक्की खुवाउने गरेको छ ।

उक्त चक्कीले किशोरीहरुमा हुने रक्तअल्पता लगायतका समस्याबाट बचाउन सहयोग गर्ने विभागले जनाएको छ । 

किशोरीहरुलाई पहिलो चरणमा साउन, भदौ, असोज  र  दोस्रो चरणमा माघ, फागुन र चैतमा आइरन फोलिक एसिड चक्की खुवाउने स्वास्थ्य सेवा विभागकाले जनाएको छ ।

आइरन चक्कीको प्रयोगले मातृ स्वास्थ्य, भ्रुण स्वास्थ्य, बाल स्वास्थ्य, कार्यउत्पादकत्व र विद्यालय गतिविधीमा सुधार आउने लक्ष्य राखिएको छ। रक्त अलपक्ताले शारीरिक विकासमा कमी, यौन तथा प्रजनन शक्तिमा कमी र बौद्धिक विकासमा कमी ल्याउने चिकित्सकहरु बताउँछन्। 

 हाल  नेपालमा २२ प्रतिशत किशोरीमा रक्त अल्पताको समस्या देखिने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्