९ माघ, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ११२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ९०, भक्तपुरमा ९ र ललितपुरमा १३ जना कोरोना संक्रमित थपिएका छन्।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको छ। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६३ हजार ३ सय ४८ पुगेको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ८६ पुगेको छ।
हाल देशभर ३ हजार ६ सय १४ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्