Logo

श्रीनगरमा संकटमा परेका महिलालाई सहयोग पुर्‍याउन वन स्टप सेन्टर स्थापना



Spread the love

श्रीनगर। श्रीनगरको बेमीना क्षेत्रमा पीडीत बिपन्न महिलाहरुका लागि सहायता केन्द्र (वान स्टप सेन्टर) स्थापना गरिएको छ ।

भारतको श्रीनगर जिल्ला प्रशासनको सहयोग र महिला बालबिकास मन्त्रालयको पहलमा महिला सहायता केन्द्र (वान स्टप सेन्टर) खोलिएको हो । सहायता केन्द्रको नाम सखी राखीएको छ।

केन्द्रमा विभिन्न हेल्पलाइन नम्बरहरुलाई समेत एकिकृत गरिएको छ। सहायता केन्द्रले महिला हिंसा सम्बन्धी जागरुकताका लागि घरदैलो कार्यक्रम सञ्चालन गर्ने बताएको छ ।

यस सहायता केन्द्रको उद्देश्य हिंसाबाट पीडित तथा बिपन्न महिलाहरुलाई एकीकृत सहायता प्रदान गर्नु हो । वान स्टप सेन्टर निर्भया कोष अन्तर्गत पूर्ण रुपमा संघिय सरकारको योजनामा सञ्चालन गरिएको हो । श्रोतः टाईम्स अफ ईन्डीया

प्रतिक्रिया दिनुहोस्