Logo

पाकिस्तानी यात्रुमाथि चीनले लगायो प्रतिबन्ध



Spread the love

बेइजिङ । चीनले पाकिस्तानी यात्रुहरुमाथि अस्थायी प्रतिबन्ध लगाएको छ । कोभिड-१९ महामारी बढ्दै गएपछि पाकिस्तानी यात्रुहरुमाथि प्रतिबन्ध लगाएको हो ।

यसअघि चीन गएका १० जना पाकिस्तानी यात्रुहरुहरुलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि चीनले यस्तो निर्णय गरेको हो । जी न्युजका अनुसार चीनले पाकिस्तानी एयरलाइन्समाथि पनि उडान गरेका छन् । पाकिस्तानी अन्तर्राष्ट्रिय एयरलाइन्सको उडानलाई तीन साता प्रतिबन्ध लगाएको जियो न्युजले जनाएको छ ।

पीआईएका प्रवक्ता अब्दुल्लाह हाफिजले कोरोना महामारीलाई ध्यानमा राख्दै केही समयमा लागि उडानमा प्रतिबन्ध लगाइएको छ । बिहीबार, चीनमा १४४ जना कोभिड-१९ संक्रमण देखिएको छ । १० महिनापछि चीनमा फेरि कोरोना भाइरसको संक्रमण तीव्ररुपमा वृद्धि भइरहेको छ । सन् २०१९ को सुरुवातमा फेला परेको कोरोना भाइरसको संक्रमण फेरि तीव्ररुपमा फैलिन थालेपछि चीनमा तीनवटा प्रान्तका ११ सहरहरुमा लकडाउन घोषणा गरिएको हो ।

कोरोना संक्रमणको तीव्रतालाई रोक्‍न बृहत परीक्षण अभियान सञ्‍चालन गरिएको छ । चिनियाँ अधिकारीहरुले बृहत परीक्षण अभियान थालेसँगै आवतजावतमा प्रतिबन्ध लगाउनुका साथै मानिसहरुलाई घरबाहिर ननिस्किन निर्देशन जारी गरेका छन् । प्रतिबन्धात्मक नियमहरु लकडाउनकै जारी गरे पनि यसलाई लकडाउन भन्‍ने शब्द भने प्रयोग गरेका छैनन् ।

स्थानीय अधिकारीले जारी गरेको निर्देशनमा लकडाउन भन्‍ने शब्द भने प्रयोग गरिएको छैन । चीनको उत्तरपूर्वी राज्य हेइलोङजियाङ प्रान्तका पाँच क्षेत्रहरु झाओदोङ, किङगाङ, सुइहुवा, अगाङ्‌सीको सीसीहार र हुलान जिल्लाको हार्बिनमा प्रतिबन्धात्मक नियमहरु जारी गरिएको छ ।

स्थानीयहरुलाई घरबाहिर निस्किन प्रतिबन्ध लगाउनुका साथै सवारीसाधन सञ्‍चालनमा रोक लगाइएको छ । त्यसैगरी सीमा प्रवेशमार्ग बन्द गरिएका छन् । त्यसैगरी हुबेइ प्रान्तका लोङयाओ, गुआन, नाङगोङ र सिजिहुआङ सहर सिल गरिएका छन् ।

हुबेइका स्वास्थय अधिकारीहरुका अनुसार सोमबार ५४ जनाका कोरोना संक्रमण देखिएको छ । अन्य ६ जनामा लक्षण नभएको कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्