Logo

आज ३ सय ३६ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

८ माघ, काठमाडौँ । देशभरका प्रयोगशालामा ५ हजार ३० जनाको पीसीआर परीक्षण गर्दा बिहिबार थप ३ सय ३६ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टा यता ३ सय ३६ जना कोरोना संक्रमण देखिएका मध्य ओखलढुङ्गामा ३, झापामा ४, धनकुटामा १, मोरङमा २, संखुवासभामा १, सुनसरीमा २, धनुषामा २,सप्तरीमा १, काठमाडौँमा १४६, काभ्रेमा ५, चितवनमा १२, धादिङमा १, नुवाकोटमा १२, भक्तपुरमा १६, मकवानपुरमा २, ललितपुरमा ३६, सिन्धुपाल्चोकमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै कास्कीमा २४, गोरखामा १, तनहुँमा २, नवलपरासीपूर्वमा २, पर्वतमा ४, म्याग्दीमा २, लमजुङमा १, बागलुङमा ७, स्याङ्जामा १, अर्घाखाँचीमा १, कपिलवस्तुमा २, गुल्मीमा ४, दाङमा ४, नवलपरासीमा १, पाल्पामा १, प्यूठानमा १, बर्दियामा २, बाँकेमा ७, रुपन्देहीमा ५, रोल्पामा १, जाजरकोटमा १, जुम्लामा १, सुर्खेतमा १, कञ्चनपुरमा २, कैलालीमा ३, बझाङमा ७ तथा बाजुरामा १ जना संक्रमित थपिएका छन्।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको छ। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६२ हजार ८ सय ६८ पुगेको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ३ हजार ७ सय ९९ सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्