Logo

२४ घण्टा यता काठमाडौँ उपत्यकामा कति थपिए कोरोना संक्रमित ?



Spread the love

७ माघ, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ११६, भक्तपुरमा ३ र ललितपुरमा २६ जना कोरोना संक्रमित थपिएका छन्।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६२ हजार ६४२ पुगेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्