काठमाडौँ । नेपाली सेनामा सेवा प्रवेश गरेको १६ वर्षमा नै पेन्सन हुने व्यवस्था फेरि कायम गरिएको छ ।
यसअघि १६ वर्षमा नै पेन्सन पाइने व्यवस्थालाई २० वर्ष बनाइएकोमा फेरि १६ वर्षमा नै झारिएको हो ।
नयाँ नियमावलीअनुसार, ०६० साल वैशाख २८ गते र सोभन्दा पछि नेपाली सेनामा भर्ना भएका फलोअर्स र सिपाहीको पेन्सन अवधि १६ वर्ष बनाइएको छ।
सिपाहीजस्तै अन्य दर्जाकाको पनि पेन्सन अवधि परिमार्जन गरिएको छ । नियमावलीअनुसार, अब सहायक सेनानी र सोभन्दा माथिको पेन्सन २० वर्षमा हुनेछ। सुवेदार, प्रमुख सुवेदारको १९, जमदारको १८ र प्युठ, अमलदार तथा हुद्दाको सत्र वर्ष कायम गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्