७ माघ,बुटवल । रुपन्देहीको मर्चवार क्षेत्रमा एक युवकको जलाएर हत्या गरी फालेको अवस्थामा शव भेटिएको छ।
मायादेवी गाउँपालिका–७ गरगट्टी गाउँमा दानव नदी किनारको खेतमा शरीरमा मट्टितेल खन्याएर आगो लगाई हत्या गरिएको अवस्थामा शव भेटिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले घटना रहस्यमय ठानेपछि मंगलबार राति नेपालगञ्जबाट कुकुर ल्याएर अनुसन्धान गरेको प्रहरी प्रमुख एसपी प्रविण पोखरेलले बताए।
तीन किलोमिटरसम्म कुकुरले ‘फलो’ गरे पनि त्यसपछि स्थान भने पहिचान गर्न नसकेको र युवालाई घाँटी थिचेर हत्या गरी नदी किनारमा ल्याएर पेट्रोल छर्केर आगो लगाएको हुन सक्ने प्रहरीको अनुमान छ।
भारतीय सीमाबाट पाँच किलोमिटरको दूरीमा युवाको शव भेटिएकाले हत्या भएका युवा भारतीय हुन सक्ने प्रहरी प्रमुख पोखरेलले बताए।
प्रतिक्रिया दिनुहोस्