Logo

सामाजिक संजाल महिलालाई अश्लील भिडियो, तस्बिर पठाउने व्यक्ति पक्राउ



Spread the love

७ माघ, काठमाडौं ।  फेसबुकबाट महिलालाई अश्लील भिडियो, तस्बिर पठाउने एक व्यक्ति प्रहरीको फन्दामा परेका छन्।

पक्राउ पर्नेमा सल्यानको साविक कालागाउँ–३ बाल्ले घर भई हाल कुमाख गाउँपालिका वडा नं. ४ सेराडाँडा बस्ने ३६ वर्षीय रमेश शाही भन्ने रवि शाहीलाई नेपाल प्रहरीको साइबर व्यूरोले पक्राउ गरेको छ ।

उनले एक परिचित महिला साथीलाई फेसबुक म्यासेन्जरमार्फत् अश्लील भिडियो, फोटो तथा सन्देश पठाउने गरेका थिए ।

उनलाई जिल्ला प्रहरी कार्यालय सल्यानको सहयोगमा यही माघ ५ गते पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्