७ माघ, काठमाडौं । लोकदोहोरी क्षेत्रमा सक्रिय गायक तथा सर्जक रत्न बानियाँको ५८ वर्षको उमेरमा निधन भएको छ ।
उनको बुधबार बिहान ३ बजे चाबहिलस्थित ॐ अस्पतालमा उपचारको क्रममा निधन भएको उनका भतिज राजु बाँनियाले जानकारी दिए । दुबै मिर्गौलाले काम गर्न छोडेपछि विगत दुई वर्षदेखि उनी उपचार थिए ।
बानियाँ लामो समयदेखि स्वास्थ्य समस्याका कारण उपचारमा रहेको बताइएको छ । बानियाँका लडाइँको लाहुरे लगायतका थुप्रै गीत लामो समयसम्म चर्चामा रहेका थिए ।
बानियाँको आजै पशुपति आर्यघाटमा अन्तिमसंस्कार गरिनेछ । बाँनियका श्रीमती, दुई छोरा र एक छोरी रहेकी छन् ।
प्रतिक्रिया दिनुहोस्