Logo

कोरोना भाइरस झन् घातक हुन्छ ?



Spread the love

एजेन्सी । अहिले कोभिड-१९ विश्वव्यापी महामारी बनेर फैलिएको छ। यो सार्स-कोभिड-२ नामक एउटा कोरोना भाइरसको सङ्क्रमणबाट हुन्छ।

म्यूटेशन अर्थात् उत्परिवर्तनका कारण उक्त भाइरसको संरचनामा परिवर्तन हुँदा यो महामारीमा कस्तो प्रभाव परिरहेको छ त ?

महामारी सुरु भएयता कोरोना भाइरसको संरचना परिवर्तन आइसकेको छ । के यसको अर्थ यो भाइरस अझै डरलाग्दो भएको भने हो ।

बैज्ञानिकहरुले यो भैरस्मा भएका हजारौँ म्यूटेशन (उत्परिवार्तन)फेला पारेको छन् । अधिकांश म्यूटेशनले सानातिना परिवर्तन मात्र गराउँछन् । तर (D614G) नामक उत्परिवार्तनले यो भाइरसलाई मनावाकोशमा .. संक्रमण गर्न सहज बनाएको ठानिन्छ ।

सम्भवत: यो उत्परिवार्तन चिनमा प्रकोप सुरु भएपछि भएको हो । अनि युरोपमा कोरोना भाइरस पुगेपछि यो चांडै फैलियो । जुन महिनाको अन्त्यसम्म (D614G) विश्वभरी जाँचिएका लगभग सबै नमुनामा पाइएको थियो । भाइरसको स्पाईक प्रोटिनमा हुने अमिनो एसिडको परिवर्तनले गर्दा कोषमा संक्रमण गर्ने क्षमता बढेको बिज्ञहरु विश्वास गर्छन् ।

केहि अध्ययनमा यस्तो उत्परिवार्तन भएको विषनुमा धेरै स्पाइक(काँडा)भएको पाइयो । यी काँडा हाम्रो कोशकोसतहमा हुने रिसेप्टरमा टाँसिन्छन् । अनि तिनले भैरसको आनुबंशिक तत्त्व मनावाकोशामा सारिदिन्छन् । कोशभित्र बसेको भाइरसको धेरै प्रतिकृति बनाउँछ । त्यो प्रक्रियामा कहिलेकाहीँ त्रुटी हुन्छ जसबाट उत्परिवार्तन हुन्छ ।

(D614G) को पुरै प्रभाव अझै अस्पष्ट भए पनि प्रयोगशालामा गरिएका केहि शोधनले उत्परिवार्तन अझै बढी सरुवा हुनसक्ने देखीका छन् । अर्थात् धेरै मानिस चाँडोचाँडो बिरामी पर्न सक्छन् । तथापी यो रोग झन् गम्बिर बन्दै गएको भन्नका लागि कुनै प्रमाण उपलब्ध छैन् । उत्परिवार्तनका कारण दोहोर्याएर संक्रमण हुने डर बैज्ञानिकहरुमा छ ।

हंकंमा पुन संक्रमणको सम्भवत पहिलो घटना अगस्टमा सार्वजनिक भयो । ३० बर्श्मथिको एक स्वस्थ व्यत्तिलाई कोरोना भाइरसभएको साढे चार महिनापछि । फेरी संक्रमण भएको ठानिएको छ यो समयमा उत्परिवार्तनहरु भए । अनि कोरोना भाइरसका नयाँ प्रकारहरु बने विश्वव्यापी महामारी फेलिंदा उत्परिवार्तन सामान्य नै हो ।

प्रत्येक हिउँदमा फ्यूबिरुद्ध नयाँ खोप आवश्यक पर्छ । त्यसले फ्यू भाइरसको आनुबंशिक संरचनामा भएको परिवार्तनबाट जोगाउन सक्छ । कोरोना भाइरसको खोप बन्यो भने पनि नियमित रुपमा बूस्टर डोज चाहिन सक्छ ।उत्परिवार्तन एकै रातमा हुँदैन ।

कोरोना भाइरसभन्दा सुस्त गतिमा उत्परिवर्तित हुँदैछ । तर बैज्ञानिकहरुको समयक्रमसँगै यो भाइरसमा कस्तो परिवर्तन हुन्छ । त्यो सुक्ष्य रोमा नियाली राख्नुपर्छ । के भविष्यमा हामी अन्य उत्परिवार्तनबारे पनि सुन्न पाउँला। बेल्कमको सहयोगबाट

प्रतिक्रिया दिनुहोस्