६ माघ, काठमाडौँ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ राडी बजारमा नेापली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका कार्यकर्ताबीच झडप भएको छ ।
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-९ स्थित राडी बजारमा सोमवार बेलुकीदेखि नेकपाको प्रचण्ड–नेपाल समूह र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भइरहेको छ ।
मंगलबार बिहानबाट भने अवस्था तानावग्रस्त बनेको हो । दुवै पक्ष छलफलका लागि इलाका प्रहरी कार्यालयमा पुगेका बेला झडपको अवस्था आएको हो । एक पक्षले अर्को पक्षलाई आक्रमण गरेपछि अर्को पक्षले बजारका मान्छेहरु उठाएर वातावरण थप बिग्रेको प्रहरीले जनाएको छ ।
घटना स्थलमा जिल्ला प्रहरी कार्यालयको टोली र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको बताए । उनले ५ बजेदेखि अनिश्चित कालका लागि निषेधाज्ञा जारी गरिएको समेत जानकारी दिए ।
झडपमा ९ नम्बर वडाका वाडाध्यक्ष तारकबहादुर शाही र ३ प्रहरी गरि ४ जना घाइते भएका छन् ।