एजेन्सी । अर्जेन्टिनामा शक्तिशाली भूकम्प गएको छ । सोमबार साँझ अर्जेन्टिनाको पश्चिमी क्षेत्र सान जुवानमा ठूलो भूकम्प गएको हो ।
अमेरिकन जियोलोजिकल सर्भेका अनुसार सोमबार गएको उक्त भुकम्प ६.४ म्याग्निच्युडको रहेको छ । उक्त भूकम्पपछि बारबार परकम्पहरू पनि गएका थिए । त्यस्ता पराकम्पहरू ५ म्याग्निच्युड सम्मका भएको अर्जेन्टिनाका मिडियाहरूले उल्लेख गरेका छन् ।
भूकम्प चिलीको सिमाना नजिकै गएका कारण त्यहाँ पनि यसको धक्का महसुश गरिएको छ । शक्तिशाली भूकम्प गएको भएता पनि सुनामीको संभावना नदेखिएको त्यहाँका अधिकारीहरूले उल्लेख गरेका छन् ।
भूकम्पबाट कुनै मानवीय क्षतिको विवरण नआएता पनि केही घरहरू भत्किएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्