५ माघ, हुम्ला । विभाजनको मुखमा रहेको सत्तारुढ नेकपाका स्थानीय कार्यकर्ता एक अर्को पक्षमाथि जाइलाग्न थालेका छन् ।
प्रचण्डले शाकाहारी आन्दोलनबाट केपी ओलीको प्रतिगमन नसच्चिने बताएर कडा रुपमा प्रस्तुत हुनुपर्ने बताएकै दिन दाहाल(नेपाल र ओली समूहका कार्यकर्ताबीच झडप हुँदा अदानचुली गाउँपालिका–१ का वडाध्यक्ष रंग थापाको टाउको फुटेको हो।
वडा नम्बर १ को कल्ख्यामा नेकपाको ओली पक्षले वडा कमिटी गठन गरेर फर्कने क्रममा बाटोमा प्रचण्ड–माधव पक्षका कार्यकर्ताहरुले ढुङ्गामुढा गर्दा वडाध्यक्ष थापा घाइते भएका गाउँपालिका अध्यक्ष दल फडेराले बताउनुभयो ।
थापाको टाउको तथा मुखमा चोट लागेको छ। स्थानीय स्वास्थ्य चौकीमा अध्यक्ष थापालाई ६ वटा टाँका लगाइएको छ। वडा अध्यक्ष थापा पूर्व माओवादीबाट निर्वाचित हुनुभएको थियो । तर अहिले ओली समूहमा लागेपछि प्रचण्ड पक्षधर थापासँग रुष्ट छन् ।