Logo

सोमबार सार्वजनिक बिदा



Spread the love

४ माघ, जनकपुरधाम । जानकी नवमीको अवसर पारेर प्रदेश २ मा सोमबार सार्वजनिक बिदा हुने भएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतवार एक विज्ञप्ति जारी गर्दै भोलि सोमवार सार्वजनिक बिदा दिइएको जनाएको छ।

तराई मधेशमा भएको अधिकार प्राप्तिको आन्दोलनको क्रममा ज्यान गुमाएका शहिदहरुको स्मरणमा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाइने गरिन्छ।

प्रदेश २ सरकारले जानकी नवमीको अवसर पारेर सोमबार प्रदेशभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्