Logo

हालसम्म कोरोनाबाट विदेशमा कति नेपालीको मृत्यु ?



Spread the love

४ माघ, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट विदेशमा थप दुई नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा एक र साउथ अफ्रिकामा एक जनाको मृत्यु भएको हो ।

योसंगै विदेशमा कोरोना भाइरसबाट विदेशका २० मुलुकमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ३१९ पुगेको हो । सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार ५९१ जना नेपालीमा सङ्क्रमण देखिएका मध्ये ५२ हजार ९४५ जना कोरोनामुक्त भएका छन् ।

यो कूल सङ्क्रमितको ९५ प्रतिशत हो । यस साता बेलायत, जापान, साउथ अफ्रिकालगायत मध्यपूर्वमा रहेका थप नेपालीमा सङ्क्रमण देखिएको छ ।

दक्षिण अफ्रिकामा देखा परेको भाइरसको ‘स्ट्रेन’ अर्थात् प्रकार अन्य २० वटा देशहरूमा फैलिसकेको छ। सुरुमा ब्रिटेनमा देखिएको जस्तै अफ्रिकामा पनि अघिल्लो प्रकारको भाइरसभन्दा छिटो विस्तार हुन सक्ने क्षमता रहेकाले चिन्ता देखा परेको छ।

जापानमा अधिकारीहरूले पत्ता लगाएको अर्को नयाँ प्रकारको भाइरसले नयाँ चिन्ता थपिदिएको छ।

प्रतिक्रिया दिनुहोस्