Logo

‘मुलुक प्रतिनिधिसभाको निर्वाचनमा जाने’-अर्थमन्त्री पौडेल



Spread the love

३ माघ, काठमाडौँ । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले मुलुक प्रतिनिधिसभाको निर्वाचनमा जाने विश्वास व्यक्त गरेका छन् ।

शनिबार ललितपुर चेम्बर अफ कमर्सको प्रथम वार्षिक साधारण सभामा अर्थमन्त्री पौडेलले देशले कुनै विषयमा निर्णय गर्न सकेन भने जनतामा जानुपर्ने बताएका छन् ।

उनले नेपालको संविधानले मध्यावधि निर्वाचनको परिकल्पना र प्रबन्ध गरेको दाबी पनि गरेका छन् । देशले कुनै विषयमा निर्णय गर्न सकेन भने अन्तिममा निर्णयकर्ता जनता हुने भन्दै उनले जनता सार्वभौमसत्ता सम्पन्न शक्ति भएकाले जनताको निर्णय सुन्न सरकारले निर्वाचनमा जाने निर्णय गरेको बताए ।

नेपालको संविधानले मध्यावधि निर्वाचनको परिकल्पना र प्रबन्ध गरेको उनको भनाई छ । यस विषय सर्वोच्च अदालतको संवैधानिक इजलाशमा विचाराधिन भएकाले सर्वोच्चको फैसलालाई सहर्ष स्वीकार गर्ने पनि मन्त्री पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्