Logo

यी हुन् भारतमा कोरोना भाइरसको भ्याक्सिन लगाउने पहिलो व्यक्ति



Spread the love

३ माघ, एजेन्सी । भारतमा शुद्धीकरण(स्यानिटाइजेसन)को काम गर्ने कर्मचारीले सबैभन्दा पहिले कोरोना भाइरसको भ्याक्सिन लगाएका छन् । उनले दिल्लीको एम्समा कोरोना भाइरसको भ्याक्सिनको पहिलो डोज लगाएका हुन् ।

संघीय स्वास्थ्यमन्त्री हर्ष बर्द्धनको सामुन्ने मनिष कुमारले भारतमा सबैभन्दा पहिले कोरोना भाइरसको भ्याक्सिन लगाएका हुन् । उनीसँगै एम्सका डाक्टर रणदीप गुलेरियाले पनि कोरोना भाइरसको भ्याक्सिन लगाएका छन् ।

त्यस्तै, भारतको उडीसामा एम्सका पूर्व निर्देशक डाक्टर अशोक मोहापत्रले सबैभन्दा पहिले कोरोना भाइरसको भ्याक्सिन लगाएका छन् ।

भारतीय मिडियासँग कुरा गर्दै संघीय मन्त्री हर्ष बर्द्धनले भने, ‘म एकदमै खुसी छ । हामी प्रधानमन्त्री मोदिको नेतृत्वमा रहेर एक वर्षदेखि कोरोना भाइरससँग लडिरहेका छाैँ । यो भ्याक्सिनले कोरोना भाइरससँग लड्न सञ्जिवनी बुटिकै काम गर्नेछ ।’

शनिबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एउटा भिडियो सन्देश जारी गर्दै देशव्यापी भ्याक्सिन वितरणको घोषणा गरेका थिए ।

भारतको यो भ्याक्सिनेसन क्याम्पेन विश्वकै सबैभन्दा ठूलो भएको बताइएको छ । पहिलो चरणमा भारतमा करीब ३० करोड मानिसले कोरोना भाइरसको भ्याक्सिन लगाउन पाउनेछन् ।

भारतले स्वदेशमै उत्पादित सेरम कम्पनीको भ्याक्सिन सर्वसाधारणका लागि पनि प्रयोग गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्