३ माघ, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका स्थित काँडाघारीमा साढे २ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
काठमाडौंको काँडाघारी कागेश्वरी मनोहरा नगरपालिकामा परिवारसँग डेरामा बस्ने बालिकालाई आफन्तकोमा पाहुना आएका १४ वर्षीय किशोरले बलात्कार गरेका आरोपमा पक्राउ भएका छन् ।
गत सोमबार बालिका बलात्कार गरेको सूचना आएपछि महानगरीय प्रहरी प्रभाग काँडाघारीले किशोरलाई पक्राउ गरेको थियो भने आरोपी किशोरलाई अदालतबाट ५ दिनको म्याद लिएर बालमैत्री कक्षमा राखिएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्