Logo

आज २ सय ७० जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

२ माघ, काठमाडौँ । देशभरका प्रयोगशालामा ३ हजार ८४ जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप २ सय ७० जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टा यता २ सय ७० जना कोरोना संक्रमण देखिएका मध्य ओखलढुङ्गामा १, सुनसरीमा २, धनुषामा ३, काठमाडौँमा १४४, काभ्रेमा ९, चितवनमा ९, धादिङमा २, नुवाकोटमा १, भक्तपुरमा ६, मकवानपुरमा १, ललितपुरमा २२ र सिन्धुलीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै कास्कीमा १५, गोरखामा १, तनहुँमा २, नवलपरासीपुर्वमा ४, म्याग्दीमा १, बागलुङमा ३, स्याङजाका २, कपिलवस्तुमा २, दाङमा ३, नवलपरासीमा १, पाल्पामा ३, बर्दियामा १, बाँकेमा १९, रुपन्देहीमा ८, डडेल्धुरामा १ तथा बाजुरामा १ जना संक्रमित थपिएका छन्।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार ८१६ पुगेको छ। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६० हजार ५६७ पुगेको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ४८ पुगेको छ।

देशभर ४ हजार ३ सय १ सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्