Logo

मैले हटाएको लोडसेडिङको जस अरूले पाए : मन्त्री रायमाझी



Spread the love

२ माघ, काठमाडौं । नेपाल सरकारका उर्जा तथा जलस्रोत मन्त्री टोप बहादुर रायमाझीले लोडसेडिङ हटाउन आफैले योजना बनाएको पुनः दोहोर्याएका छन् ।

उनले आफ्नो अघिल्लो कार्यकालमा देशमा लोडसेडिङ हटाउन आफुले योजना बनाएको तर जस भने कुलमान घिसिङ र जनार्दन शर्माले लिएको बताएका हुन् ।

रिपोर्टस क्लब लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले देश लोडसेडिङ मुक्त बनाउन आफ्नो योजना नै महत्वपूर्ण भएको बताएका हुन् । ‘ऊर्जा संकट निवारण काल भनेर ९९ बुँदे योजना मैले तयार गरेको हुँ ।

त्यस कमिटीमा कुलमान घिसिडलाई पनि राखेको थिएँ। तर अन्तिम समयमा सरकार ढल्यो, त्यसको जस अर्कैले लियो।’ उनले भनेका छन् । मन्त्री रायमाझीले पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको भावना बिर्सिएकै कारण आफु ओलीतिर लागेको समेत प्रष्ट पारेका छन् ।

संसद विघटनका बारेमा बोल्दै संसदको औषत आयू ५ बर्षभएपनी कहिलेकाहीँ औषत आयूभन्दा अगाडी मानिस मर्ने उदाहरण प्रयोग गर्दै उनले विघटनलाई त्यही रुपमा हेर्न आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्