२ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक आज बस्दैछ ।
पेरिसडाँडास्थित पार्टी कार्यालयमा बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाइएको छ । बिहीबारको स्थायी कमिटी बैठक विनानिष्कर्ष सकिएपछि आज फेरि बैठक बोलाइएको छ ।
बैठकमा पार्टीको आगामी रणनीतिबारे छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए । बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका थप कार्यक्रमबारे पनि छलफल गर्ने तयारी गरेको छ ।
यो समूहले संसद् विघटनविरुद्ध संयुक्त प्रदर्शनको गृहकार्य गरिरहेको छ । तर, विपक्षी दलहरु सहमत नभएकाले एक्लै प्रदर्शन गरेको छ । नेकपाको वैधानिकता विवाद नटुंगिएकाले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी संयुक्त प्रदर्शन गर्न सहमत भएका छैन् ।
पुष ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटनको घोषणा गरेपछि नेकपाको ‘प्रचण्ड–नेपाल’ खेमा आन्दोलनमा छ।