१ माघ, काठमाडौँ । देशभरका प्रयोगशालामा ५ हजार ३२ जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप ४ सय ३ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
२४ घण्टा यता ४ सय ३ जना कोरोना संक्रमण देखिएका मध्य इलामका १, उदयपुरका १, ओदलढुङ्गाका १, खोटाङका १, झापामा २, ताप्लेजुङका १, धनकुटाका १, मोरङमा ८, सुनसरीमा ४, धनुषाका १, काठमाडौँमा २२०, काभ्रेमा २, चितवनमा ४, धादिङमा १, नुवाकोटमा ११, भक्तपुरमा ३, मकवानपुरमा ७, ललितपुरमा २३ र सिन्धुलीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै कास्कीमा ३२, गोरखामा १, तनहुँमा ५, पर्वतमा २, म्याग्दीमा ६, लमजुङमा ९, बागलुङमा ६, अर्घाखाँचीमा ४, कपिलवस्तुमा १, दाङमा ५, पाल्पामा ४, प्युठानमा १, बर्दियामा ५, बाँकेमा ३२, रकुमपुर्वमा १, रुपन्देहीमा ९, सल्यानमा ३, सुर्खेतमा ५, अछाममा १, कञ्चनपुरमा १ तथा बझाङमा ६ जना संक्रमित थपिएका छन्।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६० हजार १७७ पुगेको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ४३ पुगेको छ।
देशभर ४ हजार ४ सय २६ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएको छ।