१ माघ, गुल्मी । गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा बेहुलासहित १३ जना घाइते भएका छन् ।
गुल्मीकाे कालीगण्डकी गाउँपालिका- २ अर्बेनी कोटबाट जन्ती बाेकेर स्याङ्जातर्फ जान लागेकाे जिप दुर्घटनामा परेकाे हाे ।
ग १ ज ५०८६ नम्बरको उक्त जिपमा करिब १५ जना यात्रु सवार रहेको बताइएकाे छ । घाइते हुनेमा दुलहाका बुवा प्रकाश पान्डेसहित केही जन्ती र सहचालक रहेका छन् ।
जिप सडकबाट अन्दाजी १८ मिटर तल खस्न जाँदा जिपमा सवार १३ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको स्याङ्जास्थित मिर्मीमा उपचार भइरहेको छ । घाइते हुनेहरुमा कालीगण्डकी गाँउपालिका–२ अर्बेनीका २५ वर्षीय ‘बेहुला’ कृष्ण पाण्डे, ६० वर्षीय ओमप्रसाद पाण्डे, ५५ वर्षीय शोभाखर पाण्डे, ५० वर्षीय शिवलाल पाण्डे, १४ वर्षीया हिरा पाण्डे छन् ।
जिप चालक स्याङ्जा कालीगण्डकी गाउँपालिका–४ का २८ वर्षीय राजन पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डीएसपी पाण्डेले बताए ।