Logo

देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण



Spread the love

१ माघ, गाेरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण भएको छ ।

तत्कालिन माओवादीबाट मारिएका कांग्रेस पर्वतका नेता हरिदत्त तिवारीको स्मृति दिवसमा भाग लिन पर्वत जाँदै गर्दा हेलिकप्टर आकस्मिक अवतरण गरिएको हो ।

पालुङटारको आँपपिपल भन्ने स्थानमा हेलिकप्टर आकस्मिक अवतरण गरेको हो । देउवा काठमाडौंबाट पर्वत जाँदै थिए । मौसम खराबी भएकाले केहीबेरअघि हेलिकप्टर आकस्मिक अवतरण गरेको गोरखाका एसपी सुरेन्द्र गुरुङले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्