एजेन्सी। भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली र उनकी पत्नी बलिउड अभिनेत्री अनुष्का शर्मालाई पुत्रीलाभ सोमवार ११ जनवरीमा विराटले आफ्नो ट्विटर अकाउन्टमार्फत छोरी जन्मेको सुखद खबर दिएका थिए ।
विराट–अनुष्काले उनकी छोरीको तस्बिर क्लिक नगर्न र उनीसँग सम्बन्धित कुनै पनि सामग्री कभर नगरिदिन अपिल गरेका छन् । विराट अनुष्काले एउटा नोट पठाएर फोटोग्राफर समुदायसँग यस्तो अपिल गरेका छन् ।
उनीहरुले लेखे, ‘आमा–बुवा भएको नाताले हामी तपाईंहलाई एउटा सानो अपिल गर्न चाहन्छौं । हामी आफ्नी छोरीको गोपनियताको रक्षा गर्न चाहन्छौं र हामी यसमा तपाईंहरुको मद्दत र समर्थन चाहन्छौं ।’
नोटमा भनिएको छ, ‘तपाईंहरुले सधैं त्यस्तो विषयवस्तु पाउनुहोस् जसमा तपाईंहरुे हामीलाई संसारसामू देखाउन सक्नुहोस् भन्ने आशा गर्छौं । कृपया, तपाईंहरु कुनै पनि विषयवस्तु नलिनुहोस् जसमा हाम्री छोरीलाई देखाइएको होस् ।’