Logo

‘द भ्वाइस अफ नेपाल’ सिजन–३ मा आस्था राउतको स्थानमा को आइन् ?



Spread the love

काठमाडौं । चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को तयारी अन्तिम चरणमा पुगेको छ ।

सिजन–२ मा आस्था राउत रहेको ठाउँमा तृष्णा गुरुङ आबद्ध भएकी छन् । अन्य तीनजना कोचमा भने गत सिजनकै दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा छन् ।

हिमालयन टेलिभिजनबाट प्रसारित ‘रियालिटी शो’ले धेरै प्रतिभालाई अवसर पनि दियो। सिजन ३ को पनि केही समय देखी नै गाइँगुइँ हल्ला चलिराथ्यो । हल्ला चल्दाचल्दै आयोजकहरूले आज काठमाडौं रेडीसन होटेलमा पत्रकार सम्मेलन गर्दै ‘सिजन ३’ को पनि घोषणा गरेका छन् । उक्त कार्यक्रम हरेक शुक्रवार र शनिवार राती ८ बजे प्रसारण हुने छ ।

आस्था विबादमा तानिएसँगै नयाँ सिजनमा उनलाई नादोहोराइने भएको बताइएको छ । यसअघि पहिलो सिजनबाट दोस्रो सिजनमा आउँदै गर्दा अभया सुब्बाको स्थानमा आस्था राउत आएकी थिइन् ।

‘द भ्वाइस अफ नेपाल’ तेस्रो सिजन अन्तरगत अहिले डिजिटल अडिसनको अन्तिम चरण चलिरहेको छ । डिजिटल अडिसनमा करिब ४० हजारले सहभागिता जनाएको पौडेलले बताए । कार्यक्रम एक महिनाभित्र प्रशारण सुरु हुने बताइएको छ ।

अडिसनमा सहभागी प्रतिभाको सङ्ख्या अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बर रहेको छ। कार्यक्रमको उत्पादनका लागी तीव्र गतिमा काम भइरहेको छ ।आगामी एक महिना भित्रै ‘सिजन ३’ को प्रसारण सुरु हुने हिमालयन टेलिभिजनबाट हुने निर्माण टिमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्