२९ पुस, काठमाडौँ । देशभरका प्रयोगशालामा ४ हजार १ सय ५४ जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप ४ सय ४५ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
२४ घण्टा यता ४ सय ४५ जना कोरोना संक्रमण देखिएका मध्य झापामा ५, तेह्रथुममा १, पाँचथरमा १, भोजपुरमा १, मोरङमा ११, सुनसरीमा ३, धनुषाका १, पर्सामा ३, सप्तरीमा २३, सर्लाहीमा १, सिराहामा ४, काठमाडौँमा १८९, काभ्रेमा ७, चितवनमा १, दोलखामा ५, धादिङमा ४, नुवाकोटमा २, भक्तपुरमा १९, मकवानपुरमा ३, रसुवामा ३, ललितपुरमा ३८ र सिन्धुपाल्चोकमा ४, कास्कीमा २८, गोरखामा १, तनहुँमा २, पर्वतमा २, म्याग्दीमा २, लमजुङमा २, बागलुङमा १, अर्घाखाँचीमा ४, कपिलवस्तुमा ५, गुल्मीमा २, दाङमा २, नवलपरासीमा १, पाल्पामा २, बर्दियामा ६, बाँकेमा २५, रुपन्देहीमा १८, रोल्पामा १, जुम्लामा १, डोटीमा १ तथा बझाङमा १० जना संक्रमित थपिएका छन्।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार १४३ पुगेको छ। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५९ हजार ७७२ पुगेको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ३७ पुगेको छ।