Logo

‘प्रधानमन्त्रीलाई भारतले भनेर संसद भंग गरेका हुन्’- प्रचण्ड



Spread the love

२९ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीले भारतले भनेर संसद भंग गरेका हुन् भनेर जनताले बुझेको बताएका छन् ।

काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘मलाई ओलीले नै भनेका थिए भारतले मलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा पार्टीका अन्य नेताहरु लागिपरेको छ ।’ ‘हामीले त्यतिबेला हटाएनौं । भारतले भन्दैमा हामीले हटाउने हो र भनेर हामीले हटाएनौं ।’ यस सन्दर्भमा प्रचण्डले भने ।

उनले भने, ‘पार्टी एकताका बेला हामीले गरेका सबै प्रतिवद्धताअनुसार अघि बढेका छौँ। यसमा विश्वास गर्न सबैलाई अपिल गर्छु।’ तर ओली समूहलाई लक्षित गर्दै बाहिर नौटंकी प्रस्तुत भइरहेको दाहालले आरोप लगाएका छन्।

उनले भने, ‘यहाँ यथार्थ भन्दा बाहिर गएर नौटंकी भइरहेका छ। कहिलेकाहीँ विछिप्त मानसिकताको उपज हो कि जस्तो लाग्छ। उनीहरुको तर्क सुन्दा साथीहरु जोकर भएको जस्तो लाग्छ? त्यो सोध्न मन लाग्छ– चार सय ४१ जना सदस्य भएको केन्द्रीय कमिटीलाई विस्तार गरेर ११ सय ९९ पुर्‍याउन विधानले दिन्न।’

प्रतिक्रिया दिनुहोस्