२८ पुस, काठमाडौं । प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोपमा बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ परेकी छन्।
उनलाई धुम्बाराहीस्थित घरबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी प्रमेस विष्टले बताए । विष्टका अनुसार गायक प्रमोद खरेलले दिएको प्रतिलिपि अधिकार सम्बन्धी किटानी जाहेरीको आधारमा शर्मालाई पक्राउ गरिएको हो ।
जिल्ला अदालत काठमाण्डौबाट पक्राउ अनुमति पाएपछि रेग्मीलाई पक्राउ गरिएकाे प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बताउनुभयो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्