२८ पुस, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्य ६ सयले बढेको छ ।
सोमबार नेपाली बजारमा ९२ हजार २ सय रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुनको मूल्य मंगलबारका लागि ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य समेत बढेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ तोकिएको छ। सोमबार चाँदी प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो। मंगलबार चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्