काठमाडौँ । पृथ्वी जयन्तीका अवसरमा सोमबार राजधानीमा र्याली निकाल्ने क्रममा भएको झडपको विषयलाई लिएर अभिनेत्री मनिषा कोइरालाले आक्रोश व्यक्त गरेकी छन् ।
सामाजिक सञ्जालमा उनले पृथ्वी नारायण साहको शालिक अगाडि सरकारले आपत्तिजनक कार्य भएको बताएकी छन् ।
उनले ट्वीटरमा लेखेकी छन्,’ मैले आशा गरेकिथिए क़ि जनताको राष्ट्रीय एकता प्रतीकों सामूहिक भावलाई सरकार ले सम्मान गर्ने छ । तर उसको व्यवहार ठीक उल्टो देखियो । पृथ्वी नारायणको शालिक अगाडी नै सरकार को यो आपत्तिजनक कार्य ? पानीको फोहरा र टियर ग्यास सहितनै तैनात प्रहरीलाई पठाउने, सरकार के नेपालीको सरकार नै हो ?’
प्रतिक्रिया दिनुहोस्