Logo

आज ४ सय ८८ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

२७ पुस, काठमाडौँ । देशभरका प्रयोगशालामा ३ हजार ३ सय ९ जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप ४ सय ८८ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टा यता ४ सय ८८ जना कोरोना संक्रमण देखिएका मध्य इलाममा २, झापामा ४, तेह्रथुममा १, धनकुटामा १, पाँचथरमा १, मोरङमा ८, सुनसरीमा १, सोलुखुम्बुमा १, धनुषाका १, पर्सामा २, महोत्तरीमा १, काठमाडौँमा २३०, काभ्रेमा ८, चितवनमा २०, दोलखामा ३, धादिङमा १, भक्तपुरमा १५, मकवानपुरमा ५, ललितपुरमा ६९ र सिन्धुपाल्चोकमा ३, सिन्धुलीमा २, कास्कीमा ८, गोरखामा ३, तनहुँमा ३, नवलपरासीपुर्वमा ११, पर्वतमा ११, म्याग्दीमा २, लमजुङमा १, बागलुङमा ५, अर्घाखाँचीमा १, कपिलवस्तुमा ३, दाङमा ३, नवलपरासीमा २, पाल्पामा १, बर्दियामा ५, बाँकेमा १८, रुपन्देहीमा २१, रोल्पामा २, अछाममा १, कञ्चनपुरमा ३, कैलालीमा ३, बझाङमा १ र बैतडीमा १ जना संक्रमित थपिएका छन्। 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार २६८ पुगेको छ। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय २७ पुगेको छ।

हाल देशभर ४ हजार ३ सय ७३ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्