२७ पुस, काठमाडौं । सत्तारूढ नेकपाको ओली तर समूहका नेताद्वय पुष्पकमल दाहाल’प्रचण्ड’ र माधवकुमार नेपालले तत्काल निर्वाचन प्रकिया अघि नबढाउन आग्रह गरेका छन् ।
आयोगको पुस २३ को पत्र र आयोगले अगाडि बढाएको निर्वाचन प्रक्रियाबारे आपत्ति जनाउन दुई अध्यक्ष आयोग जान लागेका हुन् । यो समूहका एक नेताका अनुसार, सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई आयोगले प्रभावित गर्न खोजेकाले आपत्ति जनाउन दुई अध्यक्ष बहादुर भवन जान लागेका हुन् ।
संसद विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा भएकाले त्यसलाई प्रभावित गर्न खोजेकाले निर्वाचन सम्बन्धी सम्पूर्ण गतिविधि बन्द गर्न निर्वाचन आयोग पुगेको हो । मुद्दा किनारा नलाग्दासम्म निर्वाचनका सम्पूर्ण गतिविधि बन्द गर्न लिखित पत्र लिएर आयोगमा पुगको प्रचण्ड-माधव समूहले जनाएकाे छ ।
आइतबार यो समूहको सचिवालय बैठक बसेको थियो । आयोगले एक हप्ताको समय दिएर दुवै समूहलाई दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार, जवाफ दिन पत्र पठाएको छ ।