२६ पुस, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने भएका छन् ।
प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज पहिलो पटक राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् ।
संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् । बैठकमा प्रतिनिधिसभा विघटन गर्नु पर्ने बाध्यता र वैशाखको मध्यावधि चुनाव तोकिएकै मितिमा घोषणा हुनेमा प्रधानमन्त्री ओलीले आश्वस्त पार्ने तयारी गरेको स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्