२५ पुस, सुर्खेत । टिपरको ठक्करबाट शनिबार कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा बिहानैदेखि तनावग्रस्त बनेको छ ।
शुक्रबार दिउँसो भेरीगंगा नगरपालिका-१२ छिन्चुमा टिपरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।
सुर्खेतबाट नेपालगञ्जतर्फ गइरहेको कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै आउदै गरेको भे ७ प ५२०६ नम्बरको मोटरसाइकलमा आउदै गरेकी वीरेन्द्रनगर-११ की २३ वर्षीया ताराकुमारी आलेको उपचारका क्रममा प्रदेश अस्पतालमा मृत्यु भएको थियो ।
चालकलाई कडा कारबाही गर्नुपर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै मृतकका आफन्त र स्थानीयहरुले छिन्चु बजारमा प्रर्दशन गरेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्