Logo

पत्नी सीताको उपचारका लागि मुम्बइ पुगेका प्रचण्ड आज नेपाल फर्कंदै



Spread the love
तस्बिरः जीवन आचार्य

२५ पुष, काठमाडौं । पत्नी सीता दाहालको उपचारका लागि नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदैछन् ।

उनी पुस २० मा पत्नी सीताको उपचारका लागि मुम्बइ गएका थिए ।  पाँच दिन मुम्बइमा पत्नी सँगै रहेका प्रचण्ड आज स्वदेश फर्कन लागेका हुन् । लामो समयदेखि पत्नी सीता दाहाल बिरामी छिन् । यसअघि विभिन्न अस्पतालमा उपचार गराउँदै आएको सीतालाई यसपटक मुम्बइ लगिएको हो ।

आज उनी पत्नी र छोरीहरुसहित स्वदेश फर्कन लागेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्