Logo

आज ४ सय १२ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

२३ पुस, काठमाडौँ । देशभरका प्रयोगशालामा ५ हजार १ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप ४ सय १२ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टा यता ४ सय १२ जना कोरोना संक्रमण देखिएका मध्य झापामा ४, तेह्रथुममा १, धनकुटामा १, मोरङमा ५, सुनसरीमा ८, धनुषामा ५, पर्सामा १, महोत्तरीमा १, रौतहटमा १, सप्तरीमा १, काठमाडौँमा १९८, काभ्रेमा ७, चितवनमा ८, धादिङमा १०, नुवाकोटमा २, भक्तपुरमा २५, मकवानपुरमा ६, रामेछापमा १, ललितपुरमा २८ र सिन्धुपाल्चोकमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै सिन्धुलीमा २, कास्कीमा २५, गोरखामा २, नवलपरासी पूर्वमा २, पर्वतमा १, लमजुङमा १, बागलुङमा ४, स्याङजामा ३, अर्घाखाँचीमा ३, गुल्मीमा २, दाङमा १, नवलपरासीमा २, पाल्पामा ५, प्यूठानमा ३, बर्दियामा २, बाँकेमा ४, रुपन्देहीमा २५, रोल्पामा ३, दैलेखमा ६ तथा हुम्लामा १ जना संक्रमित थपिएका छन्।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ।हाल देशभर ५ हजार ५८ जना सक्रिय संक्रमित रहेका छन्। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हाल देशभर १८४ जना कोरोना संक्रमितको आईसीयुमा र ३२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्