२३ पुस, काठमाडाैँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १९८, भक्तपुरमा २५ र ललितपुरमा २८ जना कोरोना संक्रमित थपिएका छन्।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ।हाल देशभर ५ हजार ५८ जना सक्रिय संक्रमित रहेका छन्। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हाल देशभर १८४ जना कोरोना संक्रमितको आईसीयुमा र ३२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्