Logo

अभिनेत्रीले खिचाएका नग्न फोटो सामाजिक सञ्जालमा भाइरल



Spread the love

२२ पुस, एजेन्सी । लोकप्रिय बलिउड मुभि कबिरसिंहमा अभिनय गरेकी कलाकारले न्युड फोटोसुट गराएकी छिन् । फिल्ममा साहिद कपूरको घरमा सहयोगीको रूपमा काम गरेकी वनिता खरातले खिचाएका फोटोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

उनले ती फोटोहरू क्यालेन्डरका लागि खिचाएको बताइएको छ ।

उनका फोटोहरूमा उनी नग्न अवस्थामा भएको र चंगा लिइरहेको प्रष्ट देख्न सकिन्छ । सामाजिक सञ्जालमा फोटोहरू पोष्ट गर्दै उनले लेखेकी छन्, ‘म मेरो काम प्रतिको माया, विश्वास, प्रतिभाका साथै मेरो शरीरप्रति गर्व गर्छु । किनकी म म हुँ ।’

उनले फोटोको लागि फोटोग्राफर तेजस निरूकारलाई धन्यवाद समेत दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्