२२ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १५९, भक्तपुरमा २४ र ललितपुरमा ५० जना कोरोना संक्रमित थपिएका छन्।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार १९३ पुगेको छ। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।
हाल देशभर ५ हजार १ सय ३३ जना सक्रिय संक्रमित रहेका छन्।
प्रतिक्रिया दिनुहोस्