Logo

रेलिङ हाल्ने क्रममा घरको दुई तलाबाट खसेर एकजनाको मृत्यु



Spread the love

२२ पुस, काठमाडौं । भक्तपुरमा रेलिङ हाल्ने क्रममा घरको दुई तलाबाट खसेर बुधबार एकजना मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भक्तपुरको सूर्यविनायक-५ का ४० वर्षीय इश्‍वर कार्की रहेको महानगरी प्रहरी परिसर भक्तपुरका प्रहरी जनाएको छ ।

साढे २ तला पक्की घरको दोस्रो तलामा स्टिलको रेलिङ हाल्ने क्रममा कार्की एक्कासी खसेर गम्भीर घाइते भएका थिए । घाइते कार्कीको मध्यपुर अस्पताल ठिमिमा उपचारको क्रममा मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्