Logo

प्रणव मुखर्जीको पुस्तकको खुलासा- राजा त्रिभुवन नेपाललाई भारतसँगै मिलाउन चाहन्थे



Spread the love

२२ पुस, काठमाडौं । भारतका पूर्व राष्ट्रपतिको किताब ‘द प्रेसिडेन्सिय इयर्स’मा तत्कालीन नेपालका राजा त्रिभुवनले नेपाललाई भारत कै एक प्रदेश बनाउन अफर गरेको लेखेको पाइएको छ ।

राष्ट्रपति मुखर्जिद्वारा लिखित उक्त पुस्तकमा राजा त्रिभुवनले भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूसँग उक्त प्रस्ताव गरेता पनि नेहरूले अस्वीकार गरेको उल्लेख गरेको पाइएको द चाैपाल डटकमले उल्लेख गरेको छ ।

द प्रसिडेन्सियल इयर्सको ११ औं अध्यायको ‘डिफरेन्ट स्टाइल्स, डिफरेन्ट टेम्परमेन्ट्स’ शिर्षकमा नेपालमा राणा शासन सकिएपछि त्रिभुवनले उक्त प्रस्ताव भारतलाई गरेको भनेर उल्लेख गरिएको छ ।

द चाैपाल डटकमका अनुसार राजा त्रिभुवनले नेपाललाई भारतको एक प्रदेश बनाउने भनेता पनि प्रधानमन्त्री नेहरूले भने नेपाल एक स्वतन्त्र राष्ट्रको रूपमा नै रहनुपर्ने सुझाव दिएका थिए ।

मुखर्जीले यदी त्यतिबेला इन्दिरा गान्धी भएको भए नेपाललाई भारतमा विलय गराउन कुनै ढिला नगर्ने लेखेका छन् । पूर्व राष्ट्रपति मूखर्जीले लेखेको यो किताबले भारतका पनि कतिपय विषयहरू विवादित बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्