Logo

सम्बन्धविच्छेद गर्दै किम कार्दशियन



Spread the love

एजेन्सी। हलिउडकी चर्चित अभिनेत्री एण्ड टेलिभिजन स्टार किम कार्दशियन निकै चर्चामा भएकी हुन्छ । उनी विविध कारणले चर्चामा आएकी हुन्छन् ।

अहिले उनको श्रीमान् कान्ये वेस्टसँग सम्बन्धविच्छेद गर्न लागेको विषयले चर्चामा आएकी छिन्। उनीहरूले सन् २०१४ मा विवाह गरेका थिए।

उनीहरूबीच केही समयदेखि सम्बन्ध राम्रो छैन। जसले गर्दा यतिबेला दुवैजना अलग-अलग बस्दै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। किम आफ्ना चारै जना बच्चाहरूसँग यतिबेला लस एन्जल्समा बस्दै आएकी छिन्।

किमले यसअघि पनि दुई पटक विवाह गरिसकेकी थिइन्। जुन विवाह पनि लामो समय टिक्न सकेको थिएन। केही महिना अगाडि मात्र उनले आफ्नो ४०औं जन्मदिन मनाएकी थिइन्। सन् २०१३ मा उनले छोरीलाई जन्म दिएकी थिइन्। त्यतिबेला उनी अविवाहित नै थिइन्।

प्रतिक्रिया दिनुहोस्