Logo

सलमानका भाइ र भतिजाविरुद्ध ऊजुरी दर्ता



Spread the love

एजेन्सी । बलिउड अभिनेता सलमान खानका भाइ अरबाज खान, सोहेल खान र उनका छोरा निर्वाणविरुद्ध  कोरोनाको नियम तोडेको भन्दै ऊजुरी दर्ता भएको छ ।

यी तीनैजना डिसेम्बर २५ मा संयुक्त अरब इमिरेट्स (यूएई) बाट भारत फर्किएका थिए । उनीहरु इन्स्टिच्युशनल क्वारेन्टिनमा बस्नुको साटो आफ्नो घर गए । यद्यपि, उनीहरु तिनैजनामा कोरोनाको कुनै पनि लक्षण देखिएको छैन । अनुसन्धानपश्चात् प्रहरीले सोमबार तीनजना विरुद्ध ऊजुरी दर्ता गरेको छ । 

यद्यपि, उनीहरूमा कोरोनाको कुनै पनि लक्षण देखिएको छैन। उनीहरूका लागि मुम्बईको ताज ग्रान्ड होटलमा क्वारेन्टिनको व्यवस्था मिलाइएको थियो। उनीहरू त्यहाँ १४ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्दथ्यो। तर उनीहरू भोलिपल्टै अर्थात् २६ तारिखमा नै होटलबाट बान्द्रास्थित घर गएका थिए।

उनीहरू सरकारी क्वारेन्टिनमा बस्नुको साट्टा आफ्नो घर गएका थिए। सरकारी क्वारेन्टिनमा नबसेर घर गएको भन्दै प्रहरीले तीन जनाविरुद्ध उजुरी दर्ता गरेको हो। 
  
अनुसन्धानको क्रममा नियम तोडेको पाइएपछि उजुरी दर्ता गरिएको प्रहरीले जनाएको छ। महाराष्ट्रमा बेलायत, युरोपेली देश र यूएईबाट आउने सबै यात्रीलाई १४ दिनको इन्स्टिच्युसनल क्वारेन्टिनमा बस्नैपर्ने नियम बनाइएको छ। भारतीय मिडिया आज टकबाट

प्रतिक्रिया दिनुहोस्