एजेन्सी । जाडो याममा र अघिपछि पनि तपाईँ हाम्रो नाक बन्द हुने वा नाकबाट पानी बग्ने, घाँटी दुख्ने र खोकी लाग्ने भइरहन्छ। तर चिसो लागेको हो कि रुघाखोकी हो? कि कोरोनाभाइरस सङ्क्रमण नै हो? कसरी छुट्याउने त?
नाकबाट पानी बग्छ , घाँटी दुख्नु र खोकी प्राय जाडोमा भइरहन्छ । उसोभए कोरोना भाइरस, फ्लू र रुघाखोकी कसरी छुट्याउने । शरीरको तापक्रम ३७.७ डिग्री सेल्सियस भन्दा बढी भए तपाईंले परिक्षण गराउनुहोस् । किनभने ज्वरो कोरोना भाइरसको एउटा लक्षण हो ।
त्यसैले परिक्षणको परिणाम नआएसम्म घरमा अलग्गै बस्नुहोस् । फ्लू हुँदा पनि ज्वरो आउने सक्छ तर रुघा ज्वरो आउँदैन । अन्य लक्षण बिना हाच्छिउँ आउँदैन सम्भवत त्यो रुघाले हुनसक्छ । हाच्छिउँ गर्दा नाक छोप्नुहोस र टिशु फालेर हात धुनुहोस् ।
रुघाले नाक बन्द हुन् वा नाकबाट पनि बग्छ सक्छ । स्वाद र गन्ध हराउने कभिद १९ को लक्षण हो । खोकीबारे चाँही यसै भन्न सकिंदैन कोरोना भाइरसका बिरामीहरु धेरै खोक्छन् । एक घण्टाभन्दा बढी वा २४ घण्टामा तिन वा चार चोटी खोकीले आक्रान्त बनाउँछ ।
यदि धेरै खोकी लागेको छ र ससा फेर्दा पनि गाह्रो हुन्छ भने जाँचाउनुहोस् । हात धुनु, दुरी राख्नु र माक्स लगाउनुले तपाईंलाई चिसोका रोग र कोरोना भाइरसबाट पनि जोगाउँछ ।