२१ पुस, जनकपुरधाम । सर्लाहीमा सवारी दुर्घटना हुँदा हरिणको मृत्यु भएको छ।
हरिणलाई सोमबार राति ठक्कर दिएपछि मोटरसाइकल पल्टिँदा त्यसका चालक सप्तरीको कन्चनरुप नगरपालिका–११ बस्ने २२ वर्षीय सुनिल थापा सामान्य र पछाडि सवार सर्लाहीको हरिपुर नगरपालिका–१ बस्ने २५ वर्षीय शिव कुमार महतोको टाउको र वायाँ कुममा चोट लागेको छ ।
दुबैको उपचारको लागि हनुमन्ते अस्पताल बरहथवा गरेको सर्लाहीका प्रहरी प्रजक्ता मदन कुँवरले बताएका छन् ।
मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हरिण इलाका वन कार्यालय मूर्तियालाई जिम्मा लगाएको सर्लाही प्रहरीले जनाएको छ।
यसअघि गएको शनिबार बिहान बाराको पथलैयामा कारको ठक्करबाट एक पाटेबाघको मृत्यु भएको थियो।
प्रतिक्रिया दिनुहोस्